युवतीको शव झुन्डिएको अवस्थामा फेला

पूर्णपुष्टि, असोज २०
एक जना २० वर्षीया युवती झुन्डिएको अवस्था फेला परेको छ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनि मन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा फेला परेको हो । रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदनी रुखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।


घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुना साथ प्रहरी घटना स्थलमा पुगेका थिए । मृतक महिलाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: