
पूणर्पुष्टि, असार, ५
लामो समय शान्ति समाज केन्द्र पेशोक उदयपुर रहेर काम गरेका युवा समाजसेवी नरेश मोहन तामाङको बिहिबार राति आफ्नै निवासमा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार हृदय घातका कारण तामाङको निधन भएको जनाइएको छ । तामाङ सञ्चार समूहको अध्यक्ष समेत रहेको तामाङ स्थानीय पत्रिका त्रियुगा मिडिया ग्रुपमा रहेर पत्रकारीतामा पनि आबद्ध रहेका थिए । तामाङ शान्ति समाज केन्द्र पेशोकमा करिब १० बर्ष काम गरेर समाज सेवामा लागि परेका थिए ।
अल्पायुमै निधन भएको भन्दै उदयपुरका समाजसेवी, संञ्चार माध्यम लगाएत अन्य क्षेत्रबाट दुख व्यक्त गरिएको छ । तामाङलाई मृत आत्माको चिर शािन्तका लागि बिभिन्न सामाजिक संञ्जाल मार्फत हार्दिक श्रदान्जीलीको ओइरो लागेको छ ।
एक जोशिलो र क्षमतावान व्यक्ति गुमाएको भन्दै समाज सेवाको क्षेत्रमा ठुलो असर पुगेको समाजसेवीहरुले जनाएको छ । तामाङलाई स्वर्गबासको कामना गर्दै उदयपुरेवासीहरुले हार्दिक श्रदान्जली ब्यक्त गरेको छ । धर्तिमा दैबले धोका दिएपनि यहाँको स्वर्गमा बास होस् । यो दुखद निधनमा याहाँको परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् यहाँलाई हार्दिक श्रद्धान्जली ।
