उदयपुर, फागुन १९ गते ।
उदयपुरका एक युवाले आफुले पाएको पुरस्कार बोनम्यारो पिडितलाई सहयोग गरेका छन् । युवा उद्यमी हेमन्त भण्डारीले युवा उद्यमीको खोजी गरी प्रस्ताव लेखन तथा प्रस्तुतीकरण प्रतियोगितामा तृतिय भई हालै पाएको पाँच हजार रुपैया पुरस्कार त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्तीकी बोनम्यारो पिडित शान्ति राईको उपचारका लागि सहयोग गरेका हुन् ।
पुरस्कार जस्तो कुरालाई कुनै राम्रो काममा लगाउने सोच बनाएका भण्डारीले खर्चको अभावमा उपचार गराउन नसकिरहेकी बोनम्यारो पिडित शान्तिलाई सहयोग गरेका हुन् ।
भण्डारीले शान्तिको घरमै पुगेर पत्रकार र शान्ति राई बचाउ अभियानका कोषाध्यक्ष प्रेमकुमार राईको रोहबरमा बुवा डिगबहादुर राईलाई पुरस्कारवापतको पैसा प्रदान गरेका हुन् ।
https://www.youtube.com/watch?v=w7ULEr0R8tk
बोनम्यारो नै प्रत्यारोपण गर्नुपर्ने अवस्थाकी शान्तिको लागि थुप्रै सहयोगी मनहरुबाट सहयोग जुटिरहेको अवस्थामा भण्डारीले अलि फरक किसिमको पैसा सहयोगको रुपमा पाएको शान्तिका बुवा डिगबहादुरले बताए ।
त्रिनपा ९ का भण्डारीले गाउँमै दुरदर्शी रौतारानी आधुनीक खरायो फार्म खोलेका छन् । केही समय विदेश बसेर आएका भण्डारी, अहिले आप्mनै ठाउँमा केही गर्ने सोचका साथ सफल युवा उद्यमीको रुपमा चिनिएका छन् ।
यता शान्तिको बोनम्यारो प्रत्यारोपणका लागि २५ लाख र अन्य थप १० लाख बढि आवश्यक पर्नेमा २० लाख बढि सहयोगदाताहरुबाट जुटिसकेको शान्ति राई बचाउ अभियान समितिले जनाएको छ ।