
उदयपुर, पुस २४ गते ।
उदयपुरको एक सामुदायिक वनले दाउरा काट्न नसक्ने बृद्धबृद्धा र दाउरा संकलन गर्न नभ्याउने एकल महिलाहरुलाई लक्षित गरी ग्याँस वितरण गरेको छ । बढ्दो जनघनत्वसंगै आप्mनो बन क्षेत्रमा दाउराको अभावसमेतलाई मध्येनजर गर्दै त्रियुगा नगरपालिका वडा नं. १६ स्थित रक्तमाला सामुदायिक वन उपभोक्ता समुहले ग्याँस वितरण गरेको समुहका अध्यक्ष भरतबहादुर कार्कीले बताए ।
वडाध्यक्ष मानबहादुर राईको विशेष उपस्थितिमा मंगलबार समुहले बृद्धबृद्धा १० घरधुरी र ६ घरधुरीका एकल महिलाहरुलाई ग्याँस वितरण गरेको हो । आम उपभोक्ताको माग र आवश्यतालाई मध्येनजर गर्दै अन्य ५७ घरधुरी उपभोक्तासमेतलाई ग्याँस वितरण गरिएको हो । एक समारोहकाबीच वडाध्यक्ष राई र सब डिभिजन बन कार्यालय खाँबुका इन्चार्ज रमानन्द यादवले उपभोक्ताहरुलाई ग्याँस सिलिण्डर वितरण गरेका थिए ।
बृद्धबृद्धाका लागि सजिलै तातोपानी बनाउन, चिया पकाउन र धुँवाबाट बचाउन ग्याँस उपयुक्त देखिएको छ । दाउरा संकलन गर्न जंगल जान नभ्याउने एकल महिलाका लागि पनि ग्याँस उपयुक्त बनेको छ । आम उपभोक्ताहरुको हकमासमेत खाना पकाउन सहज भएको छ । स्थानीयबासीबाट संरक्षित सामुदायिक वनको आम्दानीबाट ग्याँस पाउदा उपभोक्ता खुसी छन् ।
ग्याँस वितरणले घरका गृहिणीको दाउरा काट्ने समय बचत भएको छ भने बन क्षेत्रका बोटविरुवा पनि सर्लक्कै हुर्कन पाउने भएका छन् । आवश्यकता अनुसार गाउँ नजिकैको बन क्षेत्रमा स्थानीयले दाउरा काट्ने गर्दथे । बाक्लिदो बस्तिका कारण आप्mनो १ सय ९९ हेक्टर बन क्षेत्रमा दाउराको अभाव बढेपछि उपभोक्ताहरुले ग्याँसको विकल्प ल्याएका हुन् ।
गतवर्ष वडासंगको सहकार्यमा गाउँसम्म सडक खनिएको र अवका दिनमा ग्याँस नियमित भर्न आवश्यकता पर्ने पैसा परिपूर्ती तथा गरिबी निवारणमा टेवाका लागि वडासंगको सहकार्यमा आयमुलक कार्यक्रमहरु गरिने वडाध्यक्ष राईले बताए ।
कार्यक्रमको अवसरमा आप्mनो समुहको समस्या हल तथा गाउँको विकास निर्माणमा विशेष सहयोग गरेको भन्दै वडाध्यक्ष राई र सब भिडिजन कार्यालयका इन्चार्ज यादवलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा नेकपा माओवादी (विप्लब) का जिल्ला इन्चार्ज केदार राई लगायतका वक्ताहले समुहको कार्यको प्रशंसा गरेका थिए ।