Monday, June 22News That Matters

रगत अभावमा सुत्केरी महिलाको ज्यान गयो

पूणर्पुष्टि, बैशाख २८

सोलुखुम्वुमा एक सुत्केरी महिलाले अत्यादिक रत्तश्रावका कारण ज्यान गुमाएको छ । अत्यादिक रक्तश्राव भएपछि रगतको आवश्यक परेको ति महिलालाई समयमै रतग उपलब्ध नहुँदा ज्यान गएको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. भारती पण्डितले जानकारी दिनुभयो ।

डा. पण्डितका अनुसार दुर्गम सिलिचोङ गाउँपालिका -३ की सुत्केरी महिला २६ वर्षीया सिर्जना कुलुङको रक्तश्राव र साल अड्किएपछि  थप उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाइएको थियो ।

सदरमुकाम खाँदबारी लैजाने त्रलममा यनको सोमबार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिनुभयो । अस्पताल लैजाँदै गर्दा कुलुङको खाँदबारी -१० चन्दनपुर आइपुगेपछि मृत्यु भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

ताम्कु स्वास्थ्य केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु त जन्माइन् तर जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो । अत्यधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो । समयमै रगत अभावमा उनको ज्यान गयो ।

सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी आवतजावत हुन सक्दैन । कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण श्रीमतीको बाटैमा निधन भएको बलिरामले दुखेसो पोखे ।