
एस् किराती/उदयपुर भदौ २२
उदयपुरको रमालो डाँडाका एक बस्तिमा स्थानिय तहले चासो नलिदा विजुलीको पोल जिर्ण बन्दै गएको छ ।
चौदण्डिगढी नगरपालिका वडा नं ३ रमाईलो डाँडाको बस्तिमा स्थानिय तहको ढिला सुस्तिले विजुलीको पोल जिर्ण अवस्थामा पुगेको हो ।
स्थानियबासीले काठको पोल फेर्नलाई सम्बिन्धित निकायमा पटक पटक जनकारी गराएपनि अटेर गरेर बसेको स्थानियबासी ईच्छ राईले बताए ।
गत वर्ष चौनपाको विभिन्न गाउँमा पक्कि पोल वितरण गरेपनि रमाईलो डाँडामा नदिएको राईले बताए ।
२०७३ सालमा ५ वटा पक्कि पोल पाएको रमाइलो डाँडामा बेला बेलामा पोलको कारणले विजुली अवरुद्ध हुने गरेको राईको भनाई छ ।
सामाजिक कार्य गर्न निर्देशन आउनु पर्ने भएकोले जिर्ण पोल फेर्न ढिला सुस्ति भएको टोल सुधार समाजको अध्यक्ष जंग बहादुर वि.क.ले बताए ।