
पूर्णपुष्टि/उदयपुर, पुस ८ गते ।
राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेतलाई राष्ट्रिय युवा प्रतिभा पुरुस्कार दिईएको छ । पूर्व प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) द्वारा अन्तराष्ट्रिय संगठन नेपाल जेसिजले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरुस्कारबाट पुरस्कृत हुनुभएको हो ।
नेपाल जेसिजले नेपालभरबाट खेलकुद तथा बाताबरण विकास सन्तुलनमा आवेदन आव्हान गरेको थियोे । उक्त पुरुस्कारका लागि नेपालभर बाट १८ देखिन ४० वर्षका युवाहरूलाई आफु उक्त खेलकुद विधामा योग्य भएको तथा विधामा योग्य भएको प्रमाणसमेत पेश गर्न नेपाल जेसिज सचिवालयले सार्वजनिक सुचनासमेत जारी गरेको थियो ।
सुचना प्रकाशित भए प्रश्चात उदयपुर जेसिजले राष्ट्रिय महिला ह्यान्डबल खेलाडी र नेपालकै कान्छी महिला खेलाडी रमिला बस्नेतलाई पुरस्कृत गरिएको उदयपुर जेसिज अध्यक्ष रुपम अनुराग गुप्ताले जानकारी दिएका हुन् ।
बस्नेतले नेपाली खेल क्षेत्रमा १३ वर्षकै उमेरमा प्रवेश गरेर १४ वर्षको उमेरमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय देशहरूमा नेपाललाई स्वर्ण कास्य रजत जस्ता महत्वपूर्ण पदक दिलाउन सफल भएको नेपाल जेसिजले जनाएको छ । बस्नेत अहिले पत्रकारिता तथा सामाजिक क्षेत्रमासमेत सकृय रहेकी छन् ।
नेपाल जेसिजको ४४ औ राष्ट्रिय महाधिवेशनमा स्वर्ण, नगद र सम्मान पत्रसहित दोसल्ला ओडाएर भैरहवाको सिद्धार्थ नगरमा सम्मानित गरिएको हो ।
यस्तै कार्यक्रममा नेपालभरबाट हजारौं जसिज नन जेसिज पत्रकार समाजसेवी बुद्धिजीवी लगाएको उपस्थिति भएको थियो भने कार्यक्रम पुस १० गतेसम्म चल्ने नेपाल जेसिजले जनाएको हो ।