आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

राईड टु कोशीटप्पु सुरु

उदयपुर, माघ २६ गते ।

देशैभरका साईकल यात्रीहरुको जमघटकाबीच उदयपुरमा आज “राईड टु कोशीटप्पु २०७५” आयोजना भएको छ । कार्यक्रम अन्तर्गत दुईदिनसम्म साईकल यात्रा गरी सदरमकाम गाईघाटदेखि कोशीटप्पुसम्मका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण हुनेछ ।

कैलालीका यमलाल रसाईली र काठमाडौंका युवक लामा एउटा मात्र खुट्टा भएका दुई प्यारा साईक्लिष्टसहित डेडसय जना यात्रामा सहभागि छन् । सबैभन्दा जेष्ठ उमेरका नेपाली सेनाका पूर्व सेनापती गौरबसमसेर जबरा र सबैभन्दा सानो उमेरका गाईघाटका ८ वर्षिय सुभम श्रेष्ठले पनि भाग लिएका छन् ।

उदयपुरको तीनओटा नगरपालिकाका मूख्य पर्यटकीय स्थलहरु र कोशीटप्पु क्षेत्रको विशेष भ्रमण गर्नेछ । उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा भएको कायृक्रमले जिल्लाको पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुर्याउनेछ । साथै स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माणमा महत्वपूर्ण सन्देश फैलाउनेछ ।

सदरमुकाममा पर्ने त्रियुगा नगरपालिकादेखि सुरु गरेको यात्रा पहिलोेदिन चौदण्डीगढी नगरपालिकाको बेल्टार हुदै बेलका नगरपालिकाको सप्तकोशी पुलसम्म पुगेर बास बस्ने र भोलीपल्ट सप्तरीको सप्तकोशी नगरपालिका हुदै त्रियुगा नगरपालिका भुल्के स्थित नेपाली सेनाको १८ नं. बाहिनीमा समापन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0