Monday, June 29News That Matters

राई जंगलमा मृत फेला

सोलुखुम्बु, बैशाख ११ गते । 

सोलुखुम्बुको थुलुङमा गोकुल राई मृत फेला परेको छ । दुधकोशी गाउँपालिका–७ निबासी ६० बर्षीय राई जंगलमा मृत फेला परेको हो ।

हिजो बिहान १० बजे आफ्नै बाख्रा चराउन भनी जंगल गएका राई बेलुकासम्म घर नआएपछि खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे थुलुङ दुधकोशी गाउँपालिका–८ को सनसारी डाँडाको भिर मुनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।