Tuesday, June 30News That Matters

राजपरिवारसहितको टोलीले सगरमाथा आरोहण गर्ने

पूर्णपुष्टि, फागुन २१

बहराइनको राजपरिवारसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएको छ । राजपरिवारसहितको टोली सगरमाथा आरोहणका लागि चैत २ गते नेपाल आउने भएको हो ।

सो टोलीका केही सदस्यहरुले बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलाई सगरमाथा आरोहणका बारेमा जानकारी गराएका छन् ।

सगरमाथा आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायतका नागरिकसहित १६ जना रहेको बहराइनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । टोली नेपालमा ७९ दिनसम्म बस्ने विज्ञप्तिमा उल्लेख छ ।

टोलीले सन् २०२० मा नेपालका लोबुचे पिक र मनास्लु हिमालको पनि आरोहण गरेको थियो ।