राजबास व्याड्मिन्टनमा संजय र बालकुमारको जोडी प्रथम

पूर्णपुष्टि, असोज १३ गते ।

राजाबास ब्याड्मिन्टन समुहको आयोजना र त्रियुगा नगरपालिका वडा नं. ९ को सहयोगमा राजाबास, दिपुटोलमा भएको व्याड्मिन्टन प्रतियोगितामा संजय बस्नेत र बालकुमार बुढाथोकीको जोडीले प्रथाम स्थान हाँसिल गरेको छ ।

आयोजक समुहका अध्यक्ष राजकुमार दनुवारका अनुसार बिहिबार भएको फाईनल खेलमा ओमराज बुढाथोकी र ज्ञानेन्द्र दनुवारको जोडीलाई पछि पार्दै उक्त जोडीले प्रथम स्थान हाँसिल गरेको हो । ओमराज र ज्ञानेन्द्रले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । तेस्रो स्थानमा पूर्णराज श्रेष्ठ र पुष्पराज श्रेष्ठको जोडी र जिवनकुमार दनुवार र लक्ष्मण दनुवारको जोडी सफल भए ।

वडादशै, दिपावली र छठपर्व २०७४ को अवसरमा आयोजित मेन्स डबल्स प्रतियोगिताका विजयी प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ७ हजार, ५ हजार, २ हजारका दरले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ठ खेलाडी पूर्णराज श्रेष्ठ, प्रमाणपत्रसहित नगद १ हजारले पुरस्कृत भए ।

कार्यक्रमका प्रमुख अतिथि त्रिनपा ९ का वडा अध्यक्ष धनबहादुर दनुवार र विशेष अतिथि जिल्ला व्याड्मिन्टन संघ अध्यक्ष उदयपुरका अध्यक्ष राजेश कार्कीले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0