Monday, February 17News That Matters

राजमार्गको कालोपत्रेमा सबत्र चासो र निगरानी

उदयपुर, माघ २५ गते ।

स्थानीय जनतालाई अन्यौलमा राखेर मापदण्डविपरित राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी राजमार्गको कालोपत्रे काम भएको जनताका गुनासो आएपछि सर्बत्र चासो बढेको छ ।

यसैक्रममा स्थानीय प्रशासन र सडक आयोजनाले स्थलगत अनुगमन तथा निरिक्षण गरेको छ भने स्थानीयको थप चासो र निगरानी बढेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र आयोजना प्रमुख इन्जिनियर ललितजंग खनाल सहितको टोलीले बिहिबार स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको हो ।

सडकको कालोपत्रे काम के, कति र कसरी र कुन मापदण्डमा गर्ने भन्ने बारे स्थानीयलाई जानकारी नदिई सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले काम अगाडी बढाएपछि जनताले विरोध जनाएका थिए । पहिले चौडाई ११ मिटर हुने भनिएपनि १० मिटर मात्र काम भएपछि उनीहरुले विरोध जनाएका थियो ।

स्थलगत निरक्षणमा पुगेका सडक आयोजनाका प्रमुख इन्जिनियर खनालले सडक ११ मिटरकै हुने तर कालोपत्रे गर्नेकुरामा माटो भरिएको (इगमेनमेन्ट) ठाउँमा १० र माटो काटिएको ठाउँमा ११ मिटरसम्मको हुने मदन भण्डारी राजमार्ग पूर्वी खण्ड आयेजना प्रमुख ललिजन खनालले बताउनुभयो ।

उहाले यो कुरा स्थानीयलाई जानकारी दिन नसक्नुु आयोजनाको कमजोरी स्विकार गर्दै अवका दिनमा स्थानीय जनता आयोजनाको कामबारे अन्यौलमा पर्नु नपर्ने प्रतिबद्धता खनालले जनाउनु भएको छ ।

उहाले आयोजनाको काम पूर्ण मापदण्ड र गुणस्तरीयरुपमा गरिने पनि बताउनुभयो । प्रमुख इन्जिनियर खनालले जम्मा भएका स्थानीयलाई निकै बेर आयोजनाको बारेमा जानकारी दिनुभएका थिए ।

प्रजिअ कार्कीले स्थलगत निरिक्षणबाट आयोजनाको कामकोे निरिक्षण र जनताको गुनासो सुनेर स्पष्ट पार्ने काम भएको बताउनुभयो । उहाले जनताका गुनासालाई निरन्तर सुनुवाई गर्ने र आयोजनालाई पूर्ण गुणस्तीयता र मापदण्ड अनुरुप बनाउन निरन्तर अनुगमन र निगरानी गरिने बताउनुभयो । राष्टिय गौरबको आयोजना भएकाले सबैको चासो र निगरानी हुनुपर्ने प्रजिअ कार्कीले बताउनुभयो ।

स्थानीयले आप्mनो निरन्तर निगरानी रहने भन्दै मापदण्ड र काम पारदर्शी र गुणस्तरीय काम नभएसम्म पूर्ण विश्वास गर्न नसकिने बताएका छन् । उनीहरुले एउटै प्रकृतिको ठाउँमा एउटै प्रकृतिको काम हुनुपर्नेमा स्थानियको जोड दिएका छन् ।