राजमार्ग जिर्ण भएको भन्दै बृहत अन्तरक्रिया कार्यक्रम

ऋषि राई
कटारी, मंसिर १४ गते । 

मिर्चैया – कटारी – घुर्मी सडकखण्ड जीर्ण भएको भन्दै उदयपुर उद्योग वाणिज्य संघले आज कटारीमा वृहत अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष पुष्कर खड्काको सभापतित्व र संविधान सभा सदस्य नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यमा अन्र्तकृया सम्पन्न भएको हो ।

अन्र्तकृयामा वोल्दै प्रमुख अतिथि कार्कीले यस सडकलाई टिकाउ बनाउन उद्योगीहरुले संञ्चालन गर्ने ट्रिपरहरुलाई वैकल्पिक वाटो भएमात्र संञ्चालन गर्न दिनु पर्ने बताउनुभयो । बाटोको विषयमा आफु संविधान सभा सदस्य हुँदा धेरै चासो लिएको पनि बताउनुभयो ।

त्यसैगरी विशेष अतिथि साँसद शुरेस कुमार राईले यो सडकमा ट्रिफर संञ्चालन गर्ने उद्योगलाई वैकल्पिक बाटोबाट संञ्चालन गर्न नभए संञ्चालन बन्द गर्न लगाउने बताउनुभयो ।  निर्वाचनका वेला सडक , विद्युत र खानेपानीलाई प्राथमिकतामा राखेकाले यो सडक स्तरउन्नतीका लागि सँधै लागि परिरहेको बताउनुभयो ।

कार्यक्रममा साँसद प्रमिला राई , संविधान सभा सदस्य भेषकुमारी राउत , प्रदेश सभा सदस्य कला घलेले पनि सडकको स्तरउन्नतीमा जहिले भूमिका खेलेको बताएका थिए । संघका अध्यक्ष खड्काले सडकको विकास भएमात्रै सबै कुराको विकास हुने भएकाले अन्र्तकृयाको आयोजना गरिएको बताउनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले लामो समय सम्म पनि सडक जस्ताको त्यस्तै हुनुमा यहाँका नेताहरु सक्षम नभएकाले काम नभएको हो की भन्ने शंका लागेको बताएका थिए । कार्यक्रममा कटारीका जनप्रतिनिधिहरु , राजनीतिक दलका प्रतिनिधिहरु तथा सरोकारवालाहरुको  सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: