रामबाबु राई
राजाबास (उदयपुर)–उदयपुरे युवाको सान, कला संस्कृतिको पहिचान भन्ने नाराका साथ शनिबार यहाँ आयोजित सांस्कृतिक प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै सुनौलो पाईला समुह, श्रीपुरले प्रथम स्थान हाँसिल गरेको छ । प्रथम स्थान हाँसिल गरेसंगै उसले १० हजार ५ सय ५ रुपैया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
ताल डान्स हाउस गाईघाट दोस्रो हाँसिल गरेर ७ हजार ५ सय ५ रुपैया नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरेका छ भने राम जानकी माध्यामिक विद्यालय मोतिगडा तेस्रो स्थानका साथ ५ हजार ५ सय ५ रुपैया नगद पुरस्का तथा प्रमाण पत्र हात पारेको छ । सुनौलो बिहानी युवा समुह रातमाटेले १ हजार ५ रुपैयासहितको सान्त्वना पुरस्कार पाएको छ ।
सचेत युवा नेपालको आयोजनामा भएको कार्यक्रममा विभिन्न १४ समुहले भाग लिएका थिए । त्रियुगा नगरपालिकाकी उपमेयर देबी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बक्ताहरुले लोक संस्कृति हराए मानिसको पहिचान हराउने भएकोले कार्यक्रमले यसको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा वडाध्यक्ष कमल राउत, त्रियुगा उद्योग वाणिज्य संघका प्रमथ उपाध्यक्ष रमेश विक, विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको थियो ।
प्रकाशन मिति – २०७४ असोज ७ गते