राजिनामा दिएर वडाध्यक्ष बने शिक्षक

मंसिर २ गते । 

सल्यानको एक स्थानिय तहका जनप्रतिनिधिले राजिनामा दिएर शिक्षक पेशामा लागेका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढा मगरले वडाध्यक्षको पदबाट राजिनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित मगर शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुला कोटा अन्तर्गत मुस्ताङबाट नाम निकालेपछि वडाध्यक्षको पदबाट राजिनामा दिएको हो । वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेको मगरले बताए ।

अवका दिनमा राजनीतिमा नफर्किने सोचेका साथ विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँने  र शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहेर आवद्ध भएको मगरले बताए ।

मगरले बुधबार गाउँपालिकामा आएर राजीनामा दिएको थियो । गाउँ कार्यपालिकाको बैठक भएकाले उक्त बैठकबाट मगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: