
भदौ ६ गते ।
राष्ट्र विकसित हुन त्यस देशका जनताहरु स्वस्थ्य हुन जरुरी पर्दछ । स्वास्थ्य नै जीवनको धन हो । जुन महत्वपूर्ण कुरा स्वास्थ्य नै राज्यबाटै उपेक्षित हुँदै आएको छ ।
यस कुरामा सर्वसाधारण जनताको मात्रै नभई सरकारकै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि स्वीकारेका छन् । मुलुकमा अझै १९ हजार डाक्टर र ६७ हजार र्नस अभाव छ । यस्तो अवस्थामा कसरी जनतालाई सुलभ स्वास्थ्य सेवा दिन सकिन्छ भन्दै स्वास्थ्यमन्त्री यादवले प्रश्न गरेका थिए ।
‘विगतका दिनमा सरकारले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्नाले आज सवैले पीडा भोग्नु परेको छ । त्यसैले अहिले एकैपटक सुधार गर्न कठिन भएको स्वास्थ्यमन्त्री यादवले बताए । स्वास्थ्य क्षेत्रको आमूल सुधार गर्न लागि परेपनि पुरातन सोच भएकालाई बदल्न कठिन भएको स्वास्थ्यमन्त्रि यादवले बताए ।
यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
