Sunday, June 28News That Matters

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणमा ३ वटा सम्झौता हुने

पूर्णपुष्टि, चैत ८

राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणको बेला तीन वटा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।

भोलिदेखि हुने दुई दिने भ्रमणको समयमा पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केही विषय, पशुपक्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालनको विषयमा पनि सम्झौता पत्रमा हस्ताक्षर हुने जनाएको छ ।

त्यस्तै बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका सिलसिलामा छलफल हुने जनाईएको छ ।

राष्ट्रपति भण्डारी सोमवार बिहान बङ्गलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।