
पूर्णपुष्टि, कात्तिक २
बर्दिया राष्ट्रिय निकुञ्जमा स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारी सुला गरिएको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लामो समयदेखि बन्द गरिएको सफारी सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । गत चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागि निकुञ्जक्षेत्र पूर्णरुपमा बन्द गरिएको निकुञ्ज आजदेखि खुला गरिएको हो ।
पर्यटकका लागि निकुञ्ज खुला गरिएसँगै ठाकुरद्वारामा चहलपहल पनि बढ्न थालेको छ । निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जङ्गल सफारी र यात्रा गर्न पाउने निकुञ्जले जनाएको छ ।
गाडीबाट यात्राका लागि भने सिट क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने र पैदल यात्राका लागि भने एक पटकमा पथ–प्रदर्शकसहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने निकुञ्जले जनाएको छ ।

