रियाज प्रधानको “हन्ड्रेड सब्सक्राईबर्स प्रोग्राम”

पूर्णपुष्टि/उदयपुर, मंसीर १६ गते ।

नौं बर्षदेखि निरन्तर सांगीतिक साधनामा रहेका नव उदीयमान युवा गायक रियाज प्रधानको सांगितिक सम्भावना फराकिलो बन्दै गएको छ ।

त्रियुगा नगरपालिका ११ संगमटोल निवासी प्रधानले यतिबेला युट्युव च्यानललाई प्रचारको माध्यम बनाउदै आफ्ना प्रतिभा सबैसामु पस्किरहेका छन् । “Reeyajj Pradhan” नाम रहेको उनको युट्यव च्यानलमा आफ्ना प्रतिभाहरु अपडेट गरिरहेका छन् । सात भन्दा बढि प्रस्तुतीहरु अपडेट गराईसकेका उनको छोटो समयमै सब्सक्राईबर्सको संख्या सय नाघिसकेको छ ।

त्यसैअवसरमा शनिबार भने उनले आप्mनो युट्युव च्यानलको प्रचारसहित सब्सक्राईब बढाउने उद्देश्यले सेलिब्रेसन हन्ड्रेड सब्सक्राईबर्स कार्यक्रम नै राखेका थिए ।
साथीहरु, सहयोगी, शुभचिन्तक तथा परिवारजनको उपस्थितिमा भएको कार्यक्रममा सब्सक्राईब गर्न सबैसंग आग्रहसहितको भिडियो तयार गरिएको थियो ।

गीत संगीतबाटै देशको निम्ति योगदान गर्ने लक्ष बोकेका उनी भविष्यमा राम्रो गायक बनेर धेरैभन्दा धेरै श्रोताको मन जित्न चान्छन् । उनको लक्ष पुरा हुन सकोस् हाम्रो शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0