Monday, April 20News That Matters

रुकुम घटना : ५ जनाको पोस्टमार्टम रिपोर्ट आयो, रिपाेर्टले हत्या भएकाे इंगित गरयाे

 

पश्चिम रुकुममा जातिय विबाहको निउँमा मारिएका ५ जना युवाहरुको जाजरकोट अस्पतालले पोस्टमार्टम गरेको छ । ५ जानै युवाहरुको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । रिपोर्टले कुटपिट पछि युवाहरुको मृत्यु भएको देखाएको छ ।

मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताएको छ । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’

उनका अनुसार नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ ।