Friday, February 14News That Matters

रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुर, चैत्र १८ गते ।

उदयपुरको सिद्धिपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चौदण्डिगढी नगरपालिका–८ सिद्धिपुरका ३५ वर्षीय कुमार राईको रुखबाट लडेर सोमबार मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा घाँस काट्न रुखमा चढेका राई अचान रुखबाट लड्दा गम्भिर घाइते भएको थियो । विहान करिब ११ बजे लडेका राईलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगि उपचारको क्रममा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।