
उदयपुर, चैत्र १६ गते ।
भोजपुरका जरायोटारको जंगलमा घाँस काट्न रुखमा चढ्दा लडेर एक जनाको मृत्यु भएको छ ।
अरुण गाउँपालिका–६ जरायोटारका ६५ वर्षीय चन्द्र बहादुर श्रेष्ठ घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
नजिकैको जंगलमा घाँस काट्न भनि रुखमा चढ्दा विहान करिब ११ बजे लडेर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लाने क्राममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।