Monday, June 22News That Matters

रुखले किची एकको ज्यान गयो

पूर्णपुष्टि,वैशाख २६

सुनसरीका रुखले किचेर एकजनाको ज्यान गएको छ । ईटहरी–१७ टिकुलिया का ५५ वर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ ।

आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची चौधरी गम्भिर घाईते भएका थिए । घाइते चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा ज्यान गएको  ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।