Thursday, May 7News That Matters

रुखले चेपेर १ बालकको मृत्यु

भदौ २५ गते ।

दाङको बंगलाचुलीमा रुखले चेपेर एक जना बालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बंगलाचुली गाउँपालिका– ६ सोतीटोल निबासी हरिप्रसाद खत्रीको छोरा १० वर्षीय सुजन खत्रीलाई रुखले चेपेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले च्यापेर अर्का ९ वर्षीय तिलक खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रुखले चेप्दा सुुजनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयबाट घर फर्कने क्रममा मंगलबार बेलुकी बाटोमा रुख ढलेर बालकहरुलाई चेपेको प्रहरीले जनाएको छ ।