
पूर्णपुष्टि,बैशाख २ । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घरमा अज्ञात समूहले बम राखेको अवस्थामा फेला परेको छ । शनिबार बिहान साढे १० बजेतिर सियारी गाउँपालिका–६ स्थित अध्यक्ष घिमिरेको घरको पछाडिपट्टी बम फेला परेको हो।
शंकास्पद वस्तु फेला परेपछि घिमिरेको घर पछाडि कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले १२ बजे बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनसार सिमेन्टको बोराभित्र राखिएको कुकर बमसँगै मधेश पिपुल्स पार्टी लेखिएका पर्चाहरु समेत टासिएको थियो । घरमा कस्ले र किन बम राखेको भन्ने बारेमा खुलिनसकेको र अनुसन्धान भईरहेको उने बताए ।
