Thursday, July 2News That Matters

रुसद्धारा ट्विटरको गति कम

पूर्णपुष्टि, फागुन २७ 

रुसले सामाजिक सञ्जाल ट्विटरको गति कम गरेको छ । रुसको मिडियामाथि निगरानी गर्ने संस्थाले रुसले प्रतिबन्ध लगाएको सामाग्री आफ्नो वेवसाईटबाट नहटाएको भन्दै अमेरिकी कम्पनी  ट्विटरको गति कम गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

ट्विटरबाट झण्डै तीन हजार पोस्ट्स हटाउन भनिएको थियो । लागुऔषध पोर्नाेग्राफीसँग सम्बन्धित सामग्री छन् तर कम्पनीले यस्तो नगरेको रुसको आरोप छ । रुसका नागरिकको हितको रक्षाका लागि यो कारबाही गरिएको जनाईएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीहरूले ट्विटर निकै उपयोग गर्दै आएको जनाइएको छ ।

कारबाहीपछि ट्विटरको वेबसाइटमा फोटो र भिडियो देख्न कठिन भइरहेको छ । यसैबीच ट्विटरले रुसी संस्थाको कारबाहीबाट आफू गम्भीर चिन्तित भएको जनाएको छ ।

रुसमा सबै मोबाइल उपकरणमा ट्विटरको गति घटाइएको हो र झण्डै आधा डेस्कटप उपकरणमा ट्विटरको गति कम गरिएको जनाईएको छ । ट्विटर रुसमा छैटौँ सबैभन्दा ठूलो सोसल मिडिया वेबसाइट हो ।