Tuesday, April 21News That Matters

रेडियो अमुर्तद्धारा मुसहर वस्तिको महिलाहरुलाई राहत वितरण

पूणर्पुष्टि, भदौ ३१

महिला सशक्तिकरण नेपाल र रेडियो अमुर्त ९१.६ मेगाहर्जको आयोजनामा मुसहर समुदायको गर्भवती, बालबालिका, रोगी तथा एकल महिला रहेको परिवारलाई मङलबार राहत वितरण भएको छ ।

युएनडीपी, युएनएफपीए, युएनओपीएस र युएनओमेनमा कार्यरत कर्मचारीहरुको संगठनको आर्थिक सहयोगमा राहत वितरण भएको हो । त्रियुगा नगरपालिकाको वडा नं. ९ र १२ का विपन्न मुसहर समुदायको गर्भवती, साना बालबच्चा, दिर्घरोगी र एकल महिला रहेको परिवारहरुलाई राहत सामग्री वितरण गरिएको अमुर्त एफएमका प्रमुख नविन राईले बताउनुभयो । 

राईका अनुसार वडा नं. ९ को ६० परिवार र वडा नंं. १२ को ६० परिवारलाई राहत दिइएको हो । राहत सामग्रीहरुमा चामल ३० केजी, दाल ३ केजी, तेल ३ लि., चना २ केजी, नुन २ केजी, चिउरा २ केजी, सोयावीन २ प्याकेट, सावुन ५ वटा, सेनिटरी प्याड २ प्याकेट, टुथपेष्ट १ ओटा र टुथब्रस ४ वटाका दरले वितरण गरिएको हो । वडाध्यक्ष, सदस्यहरु, नागरिक समाज, समाजसेवी र पत्रकारहरुको उपस्थितिमा राहत वितरण गरिएको हो ।