
पूर्णपुष्टि, साउन ११
रोकिरहेको बसमा अज्ञात समुहद्धारा आग्जनी भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित रानीघाट खोला नजिक रोकिराखेको रा १ ख १८९२ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।
घोराही–तुलसीपुर सडकखण्डस्थित रोकिरहेको बसमा गएराति साढे १ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिनुभयो । प्रहरीले राति नै आगो नियन्त्रणमा लिएको थियो ।
आगजनी गर्ने व्यक्तिको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
