Saturday, June 27News That Matters

रौतामाई गाउँपालिकाको औषधि खरिद प्रक्रियामा कमजोरी नरहेको अध्यक्ष खड्काको दावी

उदयपुर, भदौ २७ ।

उदयपुरकाे रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले पालिकाको औषधि खरिद कार्य प्रक्रिया पुरा गरेर नै भएको बताउनुभएको छ । स्वास्थ्य उपचारपछि काठमाडौंबाट गृह जिल्ला फर्किनु भएका अध्यक्ष खड्काले केही मिडियामा भनिए जस्तो औषधि खरिद प्रक्रियामा कमजोरी नरहेको बताउनुभयो ।
औषधी र सर्जिकल सर्जिकल स्वस्थ्य सामग्री खरिद गर्नका लागि सार्बजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ एवम् अन्य नेपाल कानुनको अधिनमा रहेरै खरिद प्रक्रिया पुरा गरेको अध्यक्ष खड्काको भनाई छ । आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ लाख रुपैया विनियोजन गरी गाउँपालिकाको निर्णयानुसार सिलबन्दी दरभाउ पत्र आव्हान गरिएको बताउनुभयो ।

उदयपुरको बरुवाटाइन्स दैनिक र काठमाडौंको सिटिपोष्ट दैनिकमा भदौ ५ गते सूचना प्रकाशन भएको र सूचनाको आधारमा ६ वटा सप्लायर्सहरुले फर्म खरिद गरेको उहाँको भनाई छ । पालिकामा समेत सूचना टाँस गरिएको भन्दै पारदर्शीढंगले काम भएको बताउनुभयो । आफु उपचारको सिलसिलमा काठमाडौं रहेको बेला मिडियाबाजी भएका कुराहरु पालिका फर्किएर राम्ररी बुभ्mदा औषधी खरिद प्रक्रियामा कुनै कमजोरी फेला नपरेको उहाँले बताउनुभयो ।

कर्मचारीले सेटिङ मिलाएको र खरिद प्रक्रिया पुरा नगरेको भन्ने कुरामा सत्यता नरहेको भन्दै पालिकाबाट आज विज्ञप्तीसमेत जारी भएको छ । कर्मचारीहरुबाट कमि कमजोरी रहेको खण्डमा कारवाहीको दायरामा ल्याउने तत्परता जनाउदै उहाँले भ्रामक कुराको पछि नलाग्न आग्रह गर्नुभएको छ ।