Thursday, May 28News That Matters

‘लकडाउन’को अवज्ञा गर्ने ४६२ सवारी साधन नियन्त्रणमा

उदयपुर, चैत्र ११ गते ।

उदयपुरमा ‘लकडाउन’को अवज्ञा गर्ने चार सय ६२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमित देखा परेपछि सरकारले लगाएको ‘लकडाउन’को अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

जिल्लामा मोटरसाईकल तथा स्कुटी ३ सय ३२, ठूला तथा साना सवारी साधन १ सय २३, साईकल ४ र अटो ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त सवारीसाधन मध्ये सदरमुकमा गाईघाटमा मोटरसाईकल तथा स्कुटर १ सय ९, टिफर ३ र अटो २ वटा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमित नेपालमा देखा परेपछि उच्च सर्तकता अपनाउदै सरकारले लगाएको ‘लकडाउन’को पालना नगर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानपछि साँझ केहि सवारी साधन छाडिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारी साधनको वास्तविकता बुझेर छाडिदै गरेको छ । गलत मनासायले हिडेको, लागुऔषध र कुनै कसुरमा संलग्न नभएका सवारी साधनलाई मात्र छाडिएको प्रहरीले जनाएको छ । कतिपयलाई ‘लकडाउन’ थाहा नभएर विशेष कामले हिडेकाहरुलाई छाडि सकेको प्रहरीले जनाएको छ ।

पहिलो दिन भएकाले प्ररम्भिक अनुसन्धानपछि केहि सवारी साधन छाडिएको भएपनि भोलि बुधबारदेखि ‘लकडाउन’को अवज्ञा गर्ने सवारी साधनलाई कडा कारबाही गर्ने प्रहरीले जनाएको छ ।

फोटो फिचर