
पूर्णपुष्टि, जेठ ६ गते ।
लकडाउनको उल्लंघन गर्दै बस रिजर्भ गरेर काफल खान गएका ३० जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरानचोक गाउँपालिका–४ छोप्राकको मैदानबाट गाडी लिएर वडानम्बर २ नयाँबजार नजिकैको जंगलमा गएका युवाहरुलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हर्मीर्बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बस लिएर काफल खान जंगल गएका युवाहरुले प्रहरी आएको देखेपछि गाडी लिएर भाग्न खोज्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाइ नियन्त्रणमा लिएको उनले बताए । बस लिएर काफल खान जाने अधिकांश यातायात मजदुर रहेको उनले जानकारी दिए ।
युवाहरुले प्रयोग गरेको ना ५ ख ४७६ नम्वरको बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लघंन गरेकाले उनीहरुलाई आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।
