Thursday, May 21News That Matters

लकडाउन झनै कडाई आज बिहानपख ९ बजे सम्म गाईघाटमा २२ जना नियन्त्रणमा

गइघाट/बैशाख, ४

लकडाउनको अवधि थप भए सँगै कडाइ पनि उत्तिकै बढेर गएको छ । चरणबद्ध रुपले थपिदै आएको लकडाउनको २४ औँ दिन थप कडाइका साथ प्रहरीले तैनाथ गरेको छ । बजारमा मान्छेलाई हिड्नमा पूर्ण रोक लागाइएपनि कतिपय बाहाना बाजी र कतिपय आवश्यकताकै मानिसहरु पनि नियन्त्रणमा आएको छ ।

बिहिबार विहानै पख मात्रै गाईघाटमा प्रहरीले २२ जना रोडमा हिड्ने सर्वसाधरणहरुलाई नियन्त्रणमा लिएको हो । बजारमा धेरै अनावश्यक रुपमा हिड्ने मानिसहरुका कारण अत्यावश्यक रुपमा हिड्ने मानिसहरु पनि छुट्यान समस्या छ ।

नेपालमा दिनहु जसो संक्रमणको अवस्था आउन थाले पछि सरकारले लकडाउनलाई तिव्रता दिएको छ । बैशाख ३ देखि पूर्ण थप गरिएको लकडाउन १५ गते सम्मको लागि यथावत रहने प्रशासनले जनाएको छ ।

लकडाउन उलघंन गरी नियन्त्रणमा आएका मानिसहरुलाई आवश्यक छानविन गरेर मात्रै छाडिने र गलत मनसायले उंलघन गरेको पाइएमा थप कार्वाही अघि बढाइने जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी वीरबहादुर बुढा मगरले बताउनुभयो ।

एसपी मगरको अनुसार आज विहानै पख जिल्लाको बिभिन्न ठाउँ कटारी, बेल्टार, रामपुर, लगाए बिभिन्न इलाका प्रहरी कार्यलयहरु गरी १ सय ७२ जना मानिसहरु नियन्त्रणमा लिसकेको बताउनु भएको छ ।

बजारको गतिबिधि र सम्पूर्ण जानकारीको लागि तलका लिंकहरु क्लिक गरी हेर्न सक्नुहुनेछ । 

                                                       https://www.facebook.com/Purnapusti420730/videos/2604746919741512/

                                                          https://www.facebook.com/Purnapusti420730/videos/613373072723750/

                                                        https://www.facebook.com/Purnapusti420730/videos/2606943452883723/

फोटोफिचर