
बिक्रम राई
गाईघाट/असार २८
लगतार ५ दिन परेको बर्षाले गाईघाट बजार आहालमय बनेको छ । मुख्य बजार र रोडहरु नै आहालमय र खोल बनेपछि व्यापारी, यात्रु र त्यहाँका स्थानीयहरुलाई समस्या परेको छ । लगतार पानी पर्नाले पानीको वहाव बढेर रोड तथा वस्तीहरु नै डुवानमा परेको छ । यतिवेला बजार तथा आसपासका वस्तिहरु पानीले जोखिमपूर्ण वनेको छ ।

पसल तथा घर भित्रै पानी छिरेर घरको प्यासेजबाट खोला बगीरहेको स्थानीयहरुले बताएको छ । पुरानो सब्जी बजार आसपास असारी रोडमा पानी जम्ने र बग्नाले त्याहाँका होटल तथा पसलहरु पूर्ण रुपमा डुवानमा परी व्यापार गर्नै नसक्ने अवस्था रहेको व्यापारी कर्णशेर राईले बताए ।
सुरक्षित र व्यवस्थीत नाली नहुदा नाली भन्दा बढी क्षमताको पानीको वहावका कारण रोड, बस्ती र घरघरमै पानी छिर्नाले आफुहरुलाई समस्या भएको राईले बताए ।

बेलामै सम्बन्धित निकाय र स्थानीयले चासो नगर्दा पानीले अस्तव्यस्त बनाएको ब्यापारी तथा समाजसेवी भरत चाम्लिङले बताए । हिउँद महिनामा कसैले यसको पहल नगर्ने अनि जव राति बुढी ताती भनेझै समस्यामा मात्रै चासो गर्नाले बर्षेनी यस्तो समस्याले सताउने राईले बताए । स्थानीयहरुले सम्बन्धित निकायमा आफ्नो समस्या नदेखाए र नबताए सम्म यसको समधान नहुने राईको भनाई छ ।

यता त्रियुगा र बरुवा नदीमा पनि पानीको बहाव बढेको छ । पानीको वहाव बढेपछि पानी बस्तिमा छिरेको छ । नयाँ बषपार्क साइडको बस्तीहरु पानीले डुवानमा पारेको छ । बरुवा पुल आसपासका वस्तिहरु पनि पूर्ण रुपमा डुवेको छ ।


लगतारको बर्षाले बरुवाले बाँध नाघेको छ । ३ दिन बाटै बाँध खोल्न सुरु गरेको थियो । उक्त बाँध स्थानीय, प्रशासन, नगरपालिका, सुरक्षा कर्मीको पहलमा कस्दै आएका थिए । तर शनिवाको पानीले भने बाँधै खोलेर बृक्षा रोपन हुँदै वस्तिमा समेत प्रवेश गरेको छ ।

लगतारको बर्षाले पानीको वहाव जताततै बढ्दै गएपछि अति प्रभावित क्षेत्रको स्थानीयहरु त्रसित बनेका छन् । बरुवा खोला आसपासका क्षेत्र साकेला टोल र बरुवा टोल लगाएत प्रभावित क्षेत्र तथा बजार बासीहरु समेत त्रसित बनेका छन् । दिन रातै परेको पानीका कारण आसपासका स्थानीयहरु रात भरी ढुक्कले सुत्न समेत पाएका छैन ।
