लगातार बढ्दै गरेको सुनको भाउ आज ओरालिएयो

पूर्णपुष्टि, कार्तिक २९
केही दिन देखि लगाताररुपमा बढिरहेको सुनको भाउ आज ओरालिएको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि केही घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: