
तेह्रथुम, बैशाख ४ गते ।
तेह्रथुम फेदापमा लडेर एक जनाको मृत्यु भएको छ । फेदाप–१ कुरुवाङ टोल निबासी ३१ बर्षीय दुर्गा तामाङको लडेर मृत्यु भएको हो ।
आफ्नै घर छेउको बारी पहरामा घाँस काट्ने क्रममा बिहान ७ बजे अचानक चिप्लिएर करिब ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफन्तले घटनाको जानकारी प्रहरीलाई गराएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
