Sunday, June 28News That Matters

लहानमा बम बिस्फोटमा संलग्न १ जना पक्राउ

पूर्णपुष्टि, चैत ३

सिराहाको लाहान मालपोत कार्यालयमा ८ जना घाइते हुने गरी बम बिस्फोट गराएको आरोपमा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

लाहान नगरपालिकाका–३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार मध्यान्ह मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । गम्भीर भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनलाई बीर अस्पतालको ट्रमा सेन्टरमा राखेर उपचार भइरहेको छ ।

मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई भने एम्बुलेन्स मार्फत उपचारका लागि विराटनगर लगिएको छ भने बाँकीको स्थानीयस्तरमा उपचार भइरहेको जनाईएको छ ।

विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।