Monday, March 17News That Matters

लहानमा बम विष्फोट, एक घाइते

पूर्णपुष्टि/लहान, फागुन १० गते

-सिरहाको लहान नगरपालिकाको शहीद चोकमा बिहिबार प्रेसर कुकुर बम बिस्फोट भएको छ । प्रहरीका अनुसार बिस्फोटबाट अनिल अग्रवालको छातीमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

अति व्यस्त रहने शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानलाई उद्धृत गर्दै अनलाईन खबरले जनाएको छ ।

बम कसले र किन राखेको भन्ने खुलेको छैन । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । दुई महिना अगाडि पनि उक्त ठाउँमा बम बिस्फोट भएको थियो ।