
उदयपुर, पुस २४ गते ।
उदयपुरको लालपत्ता चौकीको चेक जाँचले लागुऔषध सहित एक बोलेरो गाडी र दुई जना पक्राउ गरेको छ ।
कदमाहाबाट गाईघाट तर्फ आउदै गरेको बोलेरो गाडीमा सवार दुई जना लागुऔषध सहित मंगलबार विहान प्रक्राउ परेको हो ।
त्रियुगा नगरपालिका वडा नं ६ स्थिति लालपत्ता चौकीको चेकिङ टोलीलले विहान ५ः०० बजे भाडा वर्तन बोकेको स १ च १६९७ नम्बारको बोलेरो गाडिमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ पर्नेमा त्रिनपा १२ निबासी १९ वर्षीय जेनिश राई र अन्दाजी १६ वर्षीय निशान रिजालको व्याग भित्रको ज्याकेटबाट ८ थान डाइजोलोपाम नामक एम्पुल, ८ थान लुपिजेसिक एम्पुल र ८ थान फेनारागन एम्पुल बरामद गरेको प्रहरीले बताए ।
पक्राउ परेको भाडा वर्तन सहितको गाडी, चालक सिराहा सरदुवानकट्टी वडा नं ६ निबासी अन्दाजी २९ वर्षीय देवकृष्ण खड्का यादव र लागुऔषध सहित राई रिजाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।