Friday, August 14News That Matters

लागुऔषधसहित १ जना पक्राउ

सुनसरी, असोज २८

सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । भोक्राहा नरसिंह–३ का ४० बर्षीय चन्द्रनारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको हो ।
आज करिब विहान ७ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नरसिंह–३ शिवगंज चौकबाट नियन्त्रणमा लिएर चेकजाँच गर्दा शाहले बोकेको प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको लागुऔषध डाईलेक्स डिसी ३० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेको शाहमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।