
झापा, चैत्र १३
झापाको मेचीनगर नगरपालिका–७ बाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेको छ ।
प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे स्थानीय ३७ बर्षीय नारायण किसानलाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका किसानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
