
ईलाम, असार २६
ईलामको चुलाचुलीबाट लागुऔषधसहति एक जना पक्राउ परेको छ । चुलाचुली गाउँपालिका–४ बाट लागुऔषधसहित तारा लिम्बु पक्राउ परेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले हिजो साँझ ६ बजे स्थानीय २९ बर्षीय लिम्बुलाई स्पार्पाइन ट्याब्लेट १ सय पिस, ट्रोमाडोल ट्याब्लेट ३ सय पिस र २ थान मोवायल सहित घरैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
