Sunday, June 28News That Matters

लागुऔषधसहित १ बालक पक्राउ

पूर्णपुष्टि, कात्तिक २१

महोत्तरीमा लागुऔषधसहित एक जना बालक पक्राउ परेको छ । भारतबाट लागुऔषध ल्याउँदै गरेका १४ वर्षीय बालकलाई सम्सी गाउँपालिका–६ स्थित बजारबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका बालक गौशाला नगरपालिका–१ को रहेको प्रहरीले जनाएको छ । उनको साथबाट नाइट्रोभेट ट्याब्लेट १० लेखिएको ३० थान, स्पास्मो प्रोक्सोभोन प्लस १६ थान र कोरेक्स १ सय एमएलको ४ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका बालकविरुद्व लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।