
पूर्णपुष्टि, माघ २०
झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोल स्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड –४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीय हसिना मण्डल र बिर्तामोड–५ का १८ वर्षीय अर्वाज खान लागुऔषधसहित पक्राउ परेका हुन् ।
हिजो साझँ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरु दुबैलाई ३ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हो ।
पक्राउ परेका उनीहरु दबै जना माथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

