Friday, February 14News That Matters

लागुऔषध गाँजा सहित ६ जना पक्राउ

उदयपुर, जेठ २३ गते ।

उदयपुरको उदयपुरगढीमा लागुऔषध गाँजा सहित ६ जान पक्राउ गरेका छन् ।

उदयपुरगढी गाउँपालिका–७ कोल्टेबाट गाँजा कारोबार गरिरहेको अवस्थामा ६ जना बुधबार पक्राउ गरेका हुन् ।

गाँजाको विक्रि वितरण गरिरहेको भन्ने विशेष सुराखीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले दिउँसो करिब ५ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रौतामाई गाउँपालिका–७ निबासी २२ वर्षीय युवराज मगर सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईहरको प्रहरीले जनाएको छ ।