
मोरङ, चैत्र १३
मोरङको बिराटनगर महानगरपालिका–१८ बाट लागुऔषध ट्याब्लेट सहित तिन जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजे भारतीय नागरीक अररिया बैजनाथपुरका २३ बर्षीय दिलिप कुमार साह र बिराटनगर महानगरपालिका–१८ का २ जना बालक पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट डाईजापाम –१ सय ९० ट्याब्लेट , फेनारगन–१ सय ९० ट्याब्लेट र नुफिन १९० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
