लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

पूर्णपुष्टि, पुष ११
झापाको मेचीनगर नगरपालिका–६ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेको छ । जिल्ला दमक–५ का ३६ वर्षीय राजु बि.क. लागुऔषध ब्राउनसुगरसहित आज बिहान साँढे ११ बजे पक्राउ गरेको हो ।
लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बि.क.लाई ८ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका बि.क.को सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: