
पूर्णपुष्टि,माघ ७
झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलवार राती लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई नियन्त्रमा लिएको हो ।
मंगलवार राती साँढे ८ बजे झापाको दमक नगरपालिका–८ का २४ बर्षीय बिनोद पोदार र १८ बर्षीय अजय पोदारलाई प्रहरीले पक्राउ गरेका छन् । उनिहरुको साथ बाट २ ग्राम ब्राउसुगर, ३ बोतल कोरेक्स, १७ ट्याब्लेट नाईकाभेट र ११ हजार नगद सहित प्रहरीले पक्रउ गरेकोे हो । यसैगरी झापाकै भद्रपुर नगरपालिका–५ बाट कमल गाउँपालिका–५ का २५ बर्षीय प्रकाश फुयाल पनि लागु औषाध सहित पक्राउ परेका छन् । उनको साथबाट लुपिजेसिक ४ एम्पुल, प्रोमेथाजिन ४ एम्पुल, र डाईजेलाब ४ एम्पुल गरी जम्मा १२ एम्पुल बरामद भएको छ । लागुऔषध सहित मंगलवार साँझ साँढे ६ बजे फुयाँललाई प्रहरीले पक्रउ गरेको हो ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
