
पूर्णपुष्टि,माघ २८
झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ बर्षीय शम्भु भण्डारी र २५ बर्षीय दिलिप लिम्बुलाई पक्राउ गरेको हो ।
पक्राउ गरेका उनीहरुको साथबाट प्रहरीले १ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार राती साँढे ७ बजे पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
