
मोरङ, साउन ९ गते ।
मोरङको राम जानकी मन्दिरबाट लागुऔषध सहित एक जना पक्राउ परेको छ । विराटनगर महानगरपालिका – १५ को राम जानकी मन्दिर छेउबाट लागुऔषध सहित अरजिना खातुन पक्राउ परेको हो ।
विशेष सुचनाको आधारमा विहान करिब ६ बजे प्रहरीले स्थानिय ३० वर्षीय खातुनलाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । झोलामा लुकाई छिपाई ल्याएका लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १ सय ४४ चक्कि, नाईट्रोजन ३० चक्कि, डाईजेल्याप ५ बोतल र नगद २६ हजार रुपैया खातुनको साथबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेको खातुनलाई जिल्ला अदातल मोरङबाट लागुऔषध नियन्त्रण ऐन २०६३ बमोजिम म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।