
सुनसरी, साउन १३ गते ।
सुनसरीको केशलियाबाट लागुऔषध गाँजा सहति भारतिय नागरीक पक्राउ परेको छ । बर्जु गाउँपालिका – ३ केशलिया खोला छेउ नेपाल भारत जोड्ने बाटोमा चेकजाँच गर्ने क्रममा विकेशकुमार राय १२ केजी गाँजा सहित पक्राउ परेको हो ।
भारतको अररिया जिल्ला हासकोसा ग्रामपंचायत घर बताउने २० वर्षीय रायलाई चेकिङ्मा खटेका प्रहरी टोलीले चेक जाँच गर्दा १÷१ केजी प्याक गरेका अवस्थमा १२ केजी रायको साथबाट लागु औषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेका रायलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।